राष्ट्रिय अनुसन्धान विभाग

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए बमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो। नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारीभित्र पर्दछ। राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, संस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार हो। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको यो विभागको केन्द्रीय कार्यालय सिंहदरवारमा रहेको छ। राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित प्रवर्द्दन गर्न सहयोग पुग्ने कुनै पनि सूचना उपलव्ध गराई राष्ट्रिय सुरक्षा व्यवस्था वलियो वनाउने कार्यमा योगदान पुर्याउन आम नेपाली नागरिकहरुमा राष्ट्रिय अनुसन्धान विभाग हार्दिक अनुरोध गर्दछ।