राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारीभित्र  पर्दछ । राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्‍याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार हो । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको यो विभागको केन्द्रीय कार्यालय सिंहदरवारमा रहेको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित प्रवर्द्दन गर्न सहयोग पुग्ने कुनै पनि सूचना उपलव्ध गराई राष्ट्रिय सुरक्षा व्यवस्था वलियो वनाउने कार्यमा योगदान पुर्‍याउन आम नेपाली नागरिकहरुमा राष्ट्रिय अनुसन्धान विभाग हार्दिक अनुरोध गर्दछ ।

सूचनाहरु विभाग र अन्तरगतका कार्यालय वा विभागको वेभसाईट (www.nidept.gov.np) मा उपलब्ध गराउन सकिने छ । विभागमा प्राप्त हुन आउने सूचनाको सुरक्षा र स्रोत पूर्णतः गोप्य राखिने छन् ।